Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बाहुली खोलाको काठे पुल बगेपछि स्थानीयलाई सास्ती


0
Shares

डीबी विष्ट/ईमेज:

बझाङ । बझाङको बाउली खोलामा पानी सतह बढेसँगै खोलामा निर्माण गरिएको काठे पुलबाट खोलाले बगाएपछी आवतजावत गर्न बन्द भएको छ ।

खोलामा पानी सतह बढ्दै गएको र काठेपुल खोलाले बगाए पछी आवतजावत बन्द भएको हो ।

सिमखेत बाट झण्डै १० मिनेटमा नै चैनपुर पुग्ने स्थानीय वासिन्दा काठे पुल खोलाले बगाए पछी आधा घण्टाभन्दा बढी पैदल हिँडेर बाउली खोलामा निर्माण गरिएको पक्की पुलको बाटो भएर चैनपुर पुग्नु गरेकोे स्थानीय राजेन्द्र बहादुर सिंहले बताए ।

काठे पुलबाट आवतजावत बन्द हुँदा स–साना बालबालिकालाई बढी सास्ती हुने गरको उनले बताए ।

सीमखेत, सुबेडा, नौराका लगायतका बालबालिकाहरु चैनपुरमा रहेका निजी तथा सरकारी स्कूलमा अध्यान गर्ने भएका कारण दश मिनेको बाटो खोलाले अबरोध गरी दिए पछी बढी बढी सास्ति हुने गरेको गुनासो उनीहरुको छ ।

‘खोलामा काठे पुल भएको समयमा निकै सजिलो भएको थियो ।

४५ मिनेट कम हिँड्नुपथ्र्यो,’ स्थानीय बासिन्दा संगीता सिहँले भने ‘अहिले काठे पुलबाट हिँड्न बन्द भएपछि थप ४५ मिनेट हिँड्नुपर्ने भयो ।’

सोही सडक भएर नै बालबालीकाहरु आवत जावत गर्ने र सवारीका साधनहरु समेत आवतजावत गर्ने भएका कारण बढी समस्या ससाना बालबालीकाहरुलाई सास्ति र गाह्रो हुने गरेको लभराज जोशीले बताए ।

२०७३ असार ३१ गते बाउली खोलामा आएको बाढीका कारण खोलामा निर्माण गरिएको झोलुङ्गे पुल बगाएपछि बर्खाको समयमा स्थानीयले सास्ती खेप्नु परिरहेको स्थानीय राजेन्द्र बहादुर सिंहले बताए । पुल निर्माणका लागि सम्बन्धित निकायले कुनै पनि चासो नदेखाएको स्थानीयको आरोप छ ।

काठे पुलबाट आवत जावत बन्द हुँदा विद्यार्थी मात्र होइन, कर्मचारीदेखि बिरामी पनि मारमा परेका छन् ।

जसका कारण विरामीलाई बोकेरै अस्पताल पुर्याउनु पर्ने बाध्यता रहेको स्थानीय दिपक ऐडीको भनाई छ ।