उखु बारीमा गाडेको अवस्थामा भेटियो दुई पुरुषको शव « Imagekhabar – Online News Portal of Nepal


उखु बारीमा गाडेको अवस्थामा भेटियो दुई पुरुषको शव


962
Shares

काठमाडौं, माघ १३ । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखु बारीभित्र गाडिएको अवस्थामा दुईवटा शव फेला परेको छ ।

बस्ती नजिकै रहेको स्थानीय गंगा सिंहको उखुबारीमा फेला परेको शव पन्ध्र–बीस दिनअघि गाडिएकोे हुनसक्ने प्रहरीले शंका गरेको छ ।

मृतक दुबै पुरुष हुन । बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद खाल्डो भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव छिटो गलाउन नुन हालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । एउटा शव उत्खनन् गरि पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको मोरङ प्रहरीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । शवको पहिचान हुन बाँकी छ ।