१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


खरी रोगका कारण गड्डी भैंसी लोप हुँदै


0
Shares

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा गड्डी भैंसी लोप हुँदै गएका छन् ।

भैसीपालन व्यवसायका लागि कुनै बेला नामी जिल्लाको रुपमा रहेको बैतडी जिल्लामा भैसी लोप हुँदै गएका हुन् ।

ठूलो सिङ भएका, ठूलो शरीर भएका र सज्जन खालका यी भैंसीहरु पछिल्लो समयमा पूर्णरुपमा लोप हुँदै गएका छन् ।

२०५४ सालतिर बैतडी र दार्चुलामा देखा परेको खरी रोगका कारण गड्डी भैंसी लोप हुने स्थितिमा पुगेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टले जानकारी दिए ।

मुर्रा जातको क्रसिङ हुँदा पनि स्थानीय जात नष्ट हुँदै गएको हो । खरी रोगको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले किसानहरुले हैरान भएर भैंसी पाल्न छोडेका छन् ।

भैंसी पालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि सरकारी स्तरबाट पहल नहुँदा पनि समस्या भएको किसान बताउँछन् ।