Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


बैतडीमा बस दुर्घटना, ८ जना घाइते


78
Shares

बैतडी । बैतडीमा यात्रु बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

ना ७ ख २५७० नम्बरको बस जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–२ रौतगाउमा आज बिहान ६ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परेर आठ जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरुमा मेलौली नगरपालिका–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औझी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट, बारा घर भएका सिराज अन्सारी रहेका छन् ।

उनीहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ । ३२ यात्रु रहेको उक्त बसमा सवार अन्यको अवस्था सामान्य प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको थियो ।

बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।