क्रिप्टो करेन्सीको कारोबारमा राष्ट्र बैंकको कडाई « Imagekhabar – Online News Portal of Nepal


क्रिप्टो करेन्सीको कारोबारमा राष्ट्र बैंकको कडाई


442
Shares

काठमाडौं, माघ १२ । भर्चुअल हुने क्रिप्टोकरेन्सीको कारोबार नेपालमा गैर कानुनी मानिन्छ । डिजिटल रुपमा विश्वभर नै करिब १५ हजार मुद्राबाट गरिने क्रिप्टोकरेन्सी कारोबारलाई विश्वका १ सय ४५ देशले वैधानिकता मान्यता दिएका छन् । नेपालको रेमिट्यान्स क्षेत्रमा समेत प्रभाव पार्न सक्ने आंकलन गरिएको यो कारोबार नेपालमा पनि छिटफुट हुन थालेपछि राष्ट्र बैंक कडाईमा उत्रिएको छ ।

भौतिक कुनै कारोबार नहुने क्रिप्टोकरेन्सीे हाईपर फन्डमा लगानी गरेर उच्च प्रतिफल पाईन्छ भन्दै नागरिक ठगिन थालेको राष्ट्र बैंकको निष्कर्ष छ । नेपालीको रकम बाहिरिन्छ भन्ने सूचनाको आधारमा राष्ट्र बैंकले सतर्कता अपनाएको हो । क्रिप्टो भन्नाले गोप्य र करेन्सी भन्नाले मुद्रा हो । २००९ मा जापानी नागरिक सन्तोषी निकामातोले क्रिप्टोकरेन्सीको कारोबारको औपचारिक शुरुवात गरेका थिए । कुनै रकम वा नोट नहुने तर अनलाईनबाट डिजिटल कारोबार मार्फत किनबेच गर्न सकिने क्रिप्टोकरेन्सी संसारभर डिजिटल रेकर्डका आधारमा किनबेच हुन्छ ।

क्रिप्टोकरेन्सी भर्चुअल मुद्रा हो । यसको अस्तित्व अनलाईनमा सिमित हुन्छ अर्थात यो रकम नोट वा सिक्कामा गनिँदैन । यद्यपी कारोबार भने भईरहेको हुन्छ । युरोप अमेरिका, क्यानाडा लगायतका देशमा क्रिप्टोकरेन्सीमै वस्तु किनबेच र लगानी समेत हुने गर्छ । माईनिङ गरेर कारोबार वैद्यता दिइन्छ । क्रिप्टोग्राफी प्रयोग गरी कुनै लगानीकर्ताको कत्ति क्रिप्टोकरेन्सी छ भन्ने माईनिङ गरेर मात्रै थाहा पाईन्छ । माईनिङका लागि उच्च क्षमताको कम्प्युटर र विद्युतिय क्षमता चाहिन्छ । छिमेकी मुलुक भारतमा समेत क्रिप्टो करेन्सी कारोबार खुला गरिएको छ । एल साल्भाडोरले यो रकमको प्रयोगलाई सन् २०२१ मा प्रयोगको लागि मुद्रा सरह कानूनी मान्यता दिएको थियो । विश्वभर रहेका नेपालीले समेत रेमिट्यान्सको साटो यस्ता क्षेत्रमा समेत लगानी गर्न सक्ने आँकलन राष्ट्र बैंकको छ । कुनै पनि रकम लगानी वा कारोबारका लागि सो रकम प्रयोगका लागि कुनै पनि देशले वैधानिकता दिनुपर्छ अनिमात्रै सो लगानी सुरक्षित हुन्छ ।

भर्चुअल माध्यमबाट लगानी गर्दा त्यो लगानी मासीदा, हराउनदा, कसैले फिर्ता नदिदा कसैले पनि त्यो दिने आधार भनएकोले यो वित्तिय प्रणालीमा ठूलो जोखिम भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउनुहुन्छ ।

यसबाट सर्वसाधारण ठगिनुका साथै नेपालीको पुँजी पलायन हुने खतरा पनि उत्तिकै रहन्छ । किनकी भर्चुअल रुपमा रहने यो मुद्राको कुनै केन्द्रिय बैंक हुँदैन । यो रकम डुबेमा त्यसको जिम्मेवारी लिने कुनै निकाय हुँदैन ।

डिजिटल करेन्सी वा क्रिप्टोकरेन्सी ब्लकचेनमा आधारित कारोबार हो । कृषि, स्वास्थ्य वातावरण, हाई स्पिड डेटामा जुनसुकै क्षेत्रमा लगानी हुन्छ । तर त्यसको स्रोत वा कत्ति पारदर्शि हुन्छ भन्ने लगानीकर्तालाई थाहा हुँदैन । क्रिप्टोकरेन्सी लगानी कहाँ हुन्छ भन्ने पारदर्शि कारोबार हुनाले सुरक्षित मान्न नसकिने प्रविधिविज्ञ उत्तम कार्की बताउनुहुन्छ ।

डिजिटल क्षेत्रमा अघि बढ्दै जाँदा डिजिटल कारोबारका विषयमा समेत अध्ययन गर्र्न आवश्यक रहेको कार्कीको भनाई छ । सन् २०१९ मै न्युजिल्यान्डको एक कम्पनीले आफ्ना कर्मचारीलाई स्यालरी नै विटक्वाईन नै दिएको थियो भने अमेरिका स्थित न्युयोर्कका मेयरले तलब नै बिटक्वाईनमा लिएका थिए ।