५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


चीनमा रहेका नेपालीको उद्धारका लागि विमान वुहान प्रस्थान


0
Shares

काठमाडौं, फागुन ३ । चीनको हुबेई प्रान्तमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ ।

‘कोरोनाभाइरस’को त्रासले स्वदेश फर्कन चाहेका १८५ नेपाली लिन सरकारले शनिबार दिउँसो निगमको ३३०–२०० सिरिजको २७४ सिटे ‘वाइडबडी’ विमान वुहान सहर पठाएको हो ।

टोलीमा चालकदलका तीन सदस्य, ६ क्याबिन क्रु, दुई इन्जिनियर, एक/एकजना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक छन् ।

विमान आइतबार (भोलि) बिहान २ः१५ मा काठमाडौं आइपुग्नेछ ।

विमान अवतरणपछि हेलिकोप्टर पार्किङ वेको रिमोट पार्किङस्थमा लगिने छ र उद्धार गरेर ल्याइएका विद्यार्थीहरुलाई सीधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा तयार पािरएको ‘क्वारेन्टाइन’मा लगिनेछ ।

उनीहरुलाई १४ दिनसम्म दैनिक स्वास्थ्य परीक्षण गर्दै क्वारेन्टाइनमा राखिने छ । उनीहरु चौबिसै घन्टा स्वास्थ्यकर्मीको निगरानीमा हुनेछन् ।

सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विशेष तालिम दिएर राखेको छ । खरिपाटीमा ८६ जना चिकित्सक खटाइने भएको छ ।