
एजेन्सी । चीनले बिदा मनाएर राजधानी बेइजिङ फर्किएका सबैलाई दुई हप्ता क्वारेन्टाइमा राख्न थालेको छ ।
चीनमा नयाँ वर्षको छुट्टी मनाएर काममा फर्किएकाहरुबाट कोरोनाको संक्रमण फैलन नदिन तोकिएको स्थानमा दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।
बेइजिङमा २० करोड भन्दा बढी मानिस बसोबास गर्छन् । हिजो मात्र चीनमा एक सय २१ जनाको मृत्यु भएको छ ।
कोरोना फैलिएको हुबेई प्रान्तको वुहान शहरमा मात्र एक सय १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या करिब एक हजार चार सय पुगेको बताइएको छ ।
हुबेई प्रान्तमा मात्र ५१ हजार भन्दाम बढी प्रभावित भएको सरकारी अधिकारीहरुलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।
चीनबाहेक २४ देशमा फैलिएको कोरोनाका कारण हङकङ, फिलिपिन्स र जापानमा एक–एक जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी प्रभावित भएको समाचारमा जनाइएको छ ।
यसैबीच चीनको सीमामा पर्ने भियतनामको राजधानी हनोईमा पनि कोरोनाको संक्रमण फैलिएको आशंकामा विभिन्न व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । भियतनाममा कोरोनाका १६ वटा घटना भएको पुष्टि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्