केन्द्रीय विभागले राष्ट्रिय जनगणनाको तथ्यांक भोलि सार्वजनिक गर्ने « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


केन्द्रीय विभागले राष्ट्रिय जनगणनाको तथ्यांक भोलि सार्वजनिक गर्ने


182
Shares

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको थियो । त्यस्तै दोस्रो चरणको जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको थियो ।

नेपालको संविधान २०७२ सालपछि मुलुकमा भएको यो पहिलो जनगणनाको प्रारम्भिक नतिजा भोलि सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनु भएको छ ।