 
	    काठमाडौं । हाल बजारमा सिटामोलको अभाव भएको हल्ला चले पनि त्यो यथार्थ नभएको एसोसिएसन अफ फर्मास्युटिकल्स प्रोड्युसर अफ नेपाल (अप्पोन) ले जनाएको छ ।
एकैचोटि धेरै उत्पादन गर्दा औषधि बिक्री नभएर यसको म्याद सकिने समस्या आउन सक्ने भएकाले एकैचोटि धेरै उत्पादन नगरिएको अप्पोनका महासचिव विप्लव अधिकारीले बताउनुभएको छ । उहाँले आवश्यक परेको खण्डमा १ करोड ट्याबलेट वितरण गर्न सक्ने बताउनुभयो ।
‘कोभिड शुरू भएदेखि सिटामोल अभाव हुन थाले पनि धेरै जनाले घरमा लगेर राखिदिने भएकाले अभाव जस्तो भान भएको हो’, महासचिव अधिकारीले भन्नुभयो– ‘हामीले पुस महिनामा ५० लाख ट्याबलेट वितरण गरेका थियौं, यो हप्तामा ३५ लाख ट्याबलेट आउँदैछ र यो महिनाको अन्त्यसम्ममा फेरि अर्को ३५ लाख ट्याबलेट पनि आउँदैछ ।’
‘आफ्नो फार्मेसीमा सिटामोल नहुँदा समाचार सुनेर सञ्चय गर्ने मनसायले दिनमा कम्तीमा ५०/६० जना सिटामोल किन्न आउँथे’, नर्भिक अस्पताल नजिकैका एक फार्मेसी सञ्चालकले भने– ‘तर आज सिटामोल उपलब्ध भएको दिनमा चाहिँ त्यति ग्राहक नै आएका छैनन् । सायद बजारमा सिटामोल वितरण हुने जानकारीले ढुक्क भएर होला ।’


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्