२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वर्षका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिने


0
Shares

काठमाडौं, फागुन २ । एनएनआईपीए स्पोर्ट्स अर्वाडअन्तर्गत् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्षका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

संघले खेलाडीहरुको प्रोत्साहनका लागि यही फागुन ६ गते वर्ष उत्कृष्ट खेलाडी सम्मान–२०७५ कार्यक्रमको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।

संघले इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका एक/एकजनालाई उत्कृष्ट खेलाडी सम्मान गर्ने भएको हो ।

यसपालिको अवार्डमा पारा खेलकुदतर्फ उत्कृष्ट प्रदर्शन गरेका एकजना खेलाडीलाई पनि सम्मान गरिँदैछ । उत्कृष्ट खेलाडीहरुले जनही १० हजार रुपैयाँसहित अवार्ड प्राप्त गर्नेछन् ।

सम्मान कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज जोशी आदर्श खेलाडी’ सम्मान प्रदान गरिनेछ ।

आदर्श खेलाडीबाट सम्मानित हुनेले ३५ हजार प्राप्त गर्नेछन् भने एकजना खेल पत्रकारलाई नगद २५ हजार रुपैयाँसहित एनएनआईपीए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने संघले जनाएको छ ।

संघले उत्कृष्ट घोषित खेलाडीमध्येबाट एक पुरुष र एक महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको सम्मानसहित जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने तथा उत्कृष्टमध्येबाट पनि एक पुरुष र एक महिला युवा खेलाडीलाई प्रतिभावान खेलाडीको सम्मानसहित जनही ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।