Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


तीन हजार ३९२ किमि सडक निर्माण गर्ने प्रदेश–२ सरकारको गुरुयोजना


0
Shares

जनकपुर, फागुन २ । प्रदेश नम्बर–२ सरकारले प्रदेशको स्तरोन्नतिका लागि संघ सरकारको रणनीतिमा नपरेका करिब तीन हजार ४०० किलोमिटर सडक निर्माण गर्ने गुरुयोजना अघि सारेको छ ।

शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्नो प्रगति विवरणबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा पहिचान गरिएका तीन हजार ३९२ किलोमिटरको प्रादेशिक सडक निर्माण गर्ने दीर्घकालीन योजना अघि सारिएको बताइएको हो ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रादेशिक लोकमार्ग एक हजार ४९७, सहायक प्रादेशिक लोकमार्ग एक हजार २६१ र अन्य प्रादेशिक सडक ६३४ गरी कुल तीन हजार ३९२ किलोमिटर सडक निर्माण गरिने जानकारी दिए ।