२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गण्डकी प्रदेश सरकारको दुईवर्षे कार्यकाल पूरा


0
Shares

पोखरा, फागुन २ । गण्डकी प्रदेश सरकारको दुईवर्षे कार्यकाल पूरा भएको छ ।

यस अवधिमा प्रदेशको नामाकरण र राजधानी पोखरालाई तोक्नुलाई उपलब्धिको रुपमा लिइएको छ ।

मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गण्डकी प्रदेश सरकारले सरकारका दुईवर्षे उपलब्धिका बारेमा जानकारी गराएको हो ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारको दुईवर्षे कार्यकालका उपलब्धि फागुन ४ गते विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्ने बताए ।

उनले सरकारले दुई वर्षेको अवधिमा ३२ ओटा कानुन पास गरेको र कानुनलाई कार्यान्वन गर्ने ६ ओटा नियमावली र दुईओटा गठन आदेश मन्त्रिपरिषद्बाट स्वीकृत भइ लागू भएको जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले दुईवर्षे अवधिमा तीनओटा बजेटसमेत सार्वजनिक गरेको छ ।