आहा रारा गोल्डकपमा आज संकटा र मछिन्द्रबीच प्रतिस्पर्धा हुँदै « Imagekhabar – Online News Portal of Nepal


आहा रारा गोल्डकपमा आज संकटा र मछिन्द्रबीच प्रतिस्पर्धा हुँदै


156
Shares

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।

पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।