
नवलपुर । दक्ष जनशक्ति नहुँदा नवलपुरको देवचुली–१ स्थित दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको भिडियो एक्सरे मेसिन त्यत्तिकै थन्किएको छ ।
यो स्वास्थ्य केन्द्रमा उपचार गराउन आउनेहरु भिडियो एक्सरेबाट जाँच गर्न हप्ता दिनसम्म कुर्न बाध्य छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा रेडियोलोजिष्ट नहुँदा भरतपुर अस्पतालबाट दक्ष रेडियोलोजिष्ट मगाई भिडियो एक्सरेबाट जाँच गराउनुपर्ने बाध्यता रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर त्रिभुवन भण्डारीले बताए ।
भरतपुरबाट हप्ताको दुई पटक रेडियोलोजिस्ट आएर एक्सरेको सुविधा उपलब्ध गराउँदै आएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रको आन्तरिक स्रोतबाट ९ लख रुपैयाँको लागतमा भिडियो एक्सरे मेसिन खरिद गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्