
काठमाडौं, माघ ९ । तारादेवी सांगीतिक क्षेत्रकी स्वर किन्नरी हुन् । नेपाली संगीतका पारखी मानिनेतीनपुस्ता उनकै गीत गाएर हुर्किएको छ । उनले गीत गाएर नेपाली सङ्गीतपारखीका लागि एउटा सिङ्गो जीवन दिइन । उनको त्यही परिचय नै नेपाली साङ्गीतिक आकाशमा गाँसियो । त्यसैले त हरेक नेपालीको घरदैलोले उनलाई मन, मुटुमा संगालेर राखेको छ ।
तारादेवीपछिको तेस्रो पुस्ता पनि उनको सुमधुर स्वरमा यसरी सजिन मन पराउँछ । वास्तवमा तारादेवीले आफ्ना स्वरमार्फत भाषा, संस्कृति र जनजीवनको मात्र प्रवद्र्धन गरिनन कि नेपाली संगीतलाई माया गर्न सिकाइन । तोतेबोलीमा नै नेपाली भाषामा गायनको आरम्भ गरेकी उनी पाँच वर्षको उमेरमै भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन । त्यसबखत तारादेवीको बालस्वरले धेरैलाई चकित, मोहित र आफन्त बनाएको थियो । तिनै तारादेवी स्वर साम्राज्ञी भएर तीन दशक रेडियो नेपालमार्फत गीतसंगीतको प्रवद्र्धनमा एकलव्य भएर लागिन । भौतिक रुपमा उनी नभएपनि त्यो कालजयी स्वरलाई नयाँपुस्ताले यसरी साँचेर राखेको छ ।
तारादेवी नेपाली संगीतकी तारा हुन । जुन तारा नेपाली आधुनिक गीत बोकेर देशदेशान्तरमा झुल्केको, टल्केको र चम्केको पाइन्छ । संगीतको प्रतिनिधि पात्र भएर उनले गीतलाई महलदेखि कुटीसम्म पु¥याइन । त्यसैको गुन तिर्न स्थानीय स्तरबाटै भएपनि उनको त्यो कोकिल कण्ठको स्मरण गर्ने अभियान शुरु भएको छ ।
तारादेवीले नेपाली भाषाका तीन हजार बढी गीतमा स्वर दिइन । तारादेवीलाई माया गर्नु भनेको कलालाई माया गर्नु हो । उनलाई सम्मान दिनु कलाको सम्मान हो । उनको कदर राष्ट्रप्रतिको समर्पण हो ।
प्रतिक्रिया दिनुहोस्