
ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् ।
पछिल्लो दुई साता यता आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको घुईचो लाग्न थालेको छ ।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा दैनिक कम्तिमा १५ जनासम्म यस्ता बिरामी आउने गरेको उपचार केन्द्रका क्लिनिक ईन्चार्ज काजी गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार हावाको माध्यमबाट सर्ने ब्याक्टेरिया भाईरसका कारण आँखा चिलाउने र पाक्ने गर्दछ ।
यस्तो बेलामा दिनमा चार पटकसम्म सफा पानीले आँखा सफा गर्नुका साथै सफा रुमालको मात्र प्रयोग गर्नुपर्ने र थप समस्या आए स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्