इलाम, फागुन २ । इलामको फाकफोकथुम गाउँपालिकाको सेवा अस्तव्यस्त बनेको छ ।
स्थानीयस्तरमा अत्यावश्यक सेवा प्रवाह गर्ने उद्देश्यले राज्यमा तीन तहका सरकार हुने व्यवस्था संविधानले नै गरेको भएपनि पर्याप्त भौतिक पूर्वाधार र कर्मचारी नहुँदा गाउँपालिकाको कार्यालयबाट हुने दैनिक कामकाजमा समस्या भएको हो ।
इलाम सदरमुकामबाट ५० किलोमिटर पश्चिममा रहेको यो गाउँपालिकालाई कार्य सम्पादन गर्न भवनसहितका आवश्यक पूर्वाधार छैनन्
। पुरानो गाविस भवनलाई कामचलाउ गरिए पनि जिर्ण भवनमा कार्यालय सञ्चालन गर्नुपर्दा कठिन भएको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ बताउछन् ।
गाउँपालिकामा यसअघि पनि अध्यक्ष र उपाध्यक्षबीच गाउँपालिकाको स्कर्पियो गाडी कस्ले प्रष्योग गर्ने भन्ने विवाद हुँदा काम प्रभावित भएको थियो । लामो समय अध्यक्ष र उपाध्यक्षबीच टकराव उत्पन्न हुँदा पालिकाको वार्षिक कार्यक्रम पनि प्रभावित भएको थियो ।




प्रतिक्रिया दिनुहोस्