२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड


0
Shares

काठमाडौं, फागुन १ । प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाट नै देश विकास हुने भएकाले राज्यले यो विषयलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा उनीहरुले प्राविधिक र व्यावसायिक शिक्षालाई स्थानीय तहबाट लागू गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटाले चाँडै नै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षा लागू हुनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले २०६ ओटा स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम सन्चालन गर्न बाँकी रहेको भन्दै यो चाँडै सम्पन्न गर्ने बताए ।