काठमाडौं, फागुन १ । प्रहरीले गएको माघ २४ गते बिहानै हातहतियारसहित विनासूचना बोधि श्रवण धर्म संघको आस्थाको केन्द्र क्याझोक्पामा ‘हस्तक्षेप’ गरेको भन्दै संघले आपत्ति जनाएको छ ।
संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी धार्मिकस्थलमा हतियारधारी प्रहरी प्रवेश गरेर खानतलासी गरेको भन्दै असन्तुष्टि जनाएको हो ।
‘यस्तो कार्य संवैधानिक, लोकतान्त्रिक, मानवीय मूल्य–मान्यताविपरीत भएको’ संघका अध्यक्ष निलबहादुर थिङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघले सिन्धुलीको कमलामाई नगरपालिका—८, पैरेस्थित धार्मिकस्थलमा भएको ‘अभद्र व्यवहार’बाट विकसित परिस्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई जानकारी गराउनेसमेत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्