Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


आजबाट काठमाडौं उपत्यकामा सेमि लकडाउन लागू

दुई दर्जन बढी क्षेत्र बन्द, उपत्यकामा आजै रातिदेखि यातायातमा जोर बिजोर लागू हुने, घर बाहिर निस्कँदा खोपकार्ड अनिवार्य

50.1k
Shares

kathmandu valley corona

काठमाडौं । काठमाडौं उपत्यकामा आज रातिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज मध्यरात पछि लागु हुने गरि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

तिव्र गतिमा फैलिरहेको कोभिडको संक्रमणलाई मध्य नजर गर्दै जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको हो ।

आजैदेखि सार्वजनिक स्थलमा जाँदा खोपकार्ड अनिवार्य बोक्नुपर्ने नियम पनि लागू गरिएको छ । त्यसैगरी, जमघट हुने सवैखाले क्रियाकलपाहरु पनि बन्द गर्ने आदेश जिल्ला प्रशासनहरुले जारी गरेका छन् । जस अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखानाहरु आजदेखि बन्द हुनेछन् ।

यस्तै, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, हाटबजारहरु पनि बन्द हुनेछन् । सरकारले शैक्षिक संस्थाहरु, तालिम केन्द्र, कोचिङ सेन्टर, ट्युसन सेन्टर, कलेज र विद्यालयहरु यस अघि नै बन्द गरिसकेको छ ।