देशभरको मौसम आज आंशिक देखि सामान्य बदली रहने « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


देशभरको मौसम आज आंशिक देखि सामान्य बदली रहने


0
Shares

काठमाडौं । आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।

त्यस्तै तराईका भू–भागमा पनि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका केही स्थानमा भने हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको संभावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।