२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


चुनावका विकल्पमाथि गठबन्धनमा छलफल


546
Shares

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । विभिन्न विकल्पमा शीर्ष तहमा छलफल भए पनि गठबन्धनमा कुनै विषयमा सहमति जुटेको छैन, बरु थप छलफलका लागि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणाको संवैधानिक र कानुनी समयसीमा गुज्रिन लागेको भन्दै ताकेता बढाइरहेकै वेला गठबन्धनको शीर्ष तहमा संघीय निर्वाचन पहिला गर्नेलगायत विकल्पमा छलफल अघि बढेको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित तीन दलका शीर्ष नेताहरूको बैठकले निर्वाचनबारे तत्काल निर्णय लिने विभिन्न विकल्पमा छलफल गरेको छ । बैठकमा आगामी वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने, वैशाखमै संसद्को निर्वाचन गर्ने कि तीनवटै तहको निर्वाचन वैशाख या मंसिरमा गर्ने भन्ने विकल्पमा छलफल भएको छ ।

नयाँ पत्रिका