साप्सु खोला जलविद्युत आयोजना सम्पन्न « Imagekhabar – Online News Portal of Nepal


साप्सु खोला जलविद्युत आयोजना सम्पन्न


455
Shares

खोटाङ । खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादित विद्युत प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाइनमार्फत नेशनल ग्रिडमा जोडिएको हो ।

झण्डै १ अर्व ५० करोड रुपैयाँको लगानीमा दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत आयोजना पूरा भएको हो ।

आयोजनाको काम सम्पन्न भएसँगै परीक्षण उत्पादन सुरु गरिएको थ्रिस्टार हाइड्रो पावर कम्पनीका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीयले विद्युत र बाटो मर्मतको माग गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका स्थानीय मनोज राईले बताउनुभयो ।

वर्षा याममा ६.६ मेगावाट विद्युत उत्पादन भए पनि हिउँदको समयमा खोलामा पानी घट्दा उत्पादन क्षमता घट्ने भएकाले हिउँदमा पिकआवरमा पूर्ण क्षमताकै विद्युत आपूतिका लागि रिजर्भ निर्माण गरिएको छ ।