सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal


सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु


494
Shares

सर्लाही । सर्लाहीको गोडैतामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

चिसोबाट बच्न आगो तापिरहेको अवस्थामा सर्लाहीको गोडैता नगरपालिका–११ की ७५ वर्षीया देवकली देवीको जलेर मृत्यु भएको हो ।

बुधबार साँझ आफ्नै घरमा आगो तापिरहँदा उनको शरीरमा आगो सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएकी उन्को उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।