काठमाडौं । आज(विहीबार) विश्व रेडियो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसैघको शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ देखि हरेक वर्ष फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधारका लागि रेडियोलाई महत्वपूर्ण संचारमाध्यमको रुपमा सम्मान गर्न यो दिवस मनाउन थालिएको हो ।
यसैगरी, ठूला नेटवर्क र सामुदायिक रेडियोले सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्य पनि यो दिवसको रहेको छ ।
विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको सय वर्ष भएको छ । नेपालमा भने रेडियो प्रसारण सुरु भएको ६९ वर्ष पुगेको छ ।
नेपालमा पहिलोपटक भोजपुरबाट २००३ सालमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि विराटनगरबाट प्रजातन्त्र रेडियोका नाममा रेडियो प्रसारण सुरु भएको हो ।
रेडियो नेपालको स्थापना भने २००७ साल चैत २० गते गरिएको थियो । निजीस्तरमा २०५२ सालदेखि एफएमको प्रसारण सुरु भएको हो । नेपालमा अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या ७ सय ४० रहेको छ ।









प्रतिक्रिया दिनुहोस्