सुडानलाई हराउँदै इजिप्ट नकआउट चरणमा प्रवेश « Imagekhabar – Online News Portal of Nepal


सुडानलाई हराउँदै इजिप्ट नकआउट चरणमा प्रवेश


533
Shares

काठमाडौं । सुडानलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । क्यामरुनमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको समुह ‘डि’ को खेलमा इजिप्टले सुडानलाई १–० ले पराजित गरेको छ ।

जितसँगै इजिप्टले समुहका तिन खेलबाट ६ अंक जोडेको हो । सबै तीन खेल जितेको नाइजेरिया ९ अंकको साथ समुह विजेता बन्दै अर्को चरणमा उक्लिएको छ ।

गएराति भएको खेलमा नाइजेरियाले गिनी बिसाउलाई ३–१ ले पाखा लगाएको छ । सो समुहमा सुडान र गिनी बिसाउले १–१ अंक मात्रै जोडेका छन् । अफ्रिका कप फुटबलमा आज राती चार खेल हुनेछन् ।

समुह ‘ई’ का खेलहरुमा आइभोरी कोष्ट र अल्जेरिया तथा सिएरा लियोन र इक्वेटोरियल गिनी भिड्दा समुह ‘एफ’ मा गाम्बिया र ट्युनिसिया तथा माली र मौरितानियाबिच खेल हुनेछन् ।