Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई कारबाही


273
Shares

काठमाडौं, माघ ५ । मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ ।

बुधबार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो ।

त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताउनुभयो ।

सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमनकर्ता भनेको नागरिक भएको भन्दै उहाँले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।