
काठमाडौं । पाकिस्तानको प्रतिआतंकबाद अदालतले इस्लामिक नेता हाफिज सइदले आतंकबादी गतिविधिमा आर्थिक सहयोग पुर्याएको ठहर गर्दै एघार बर्षको काराबास सजाय सुनाएको छ ।
सइदको मुख्य योजनामा सन् २००८मा मुम्बइमा श्रृंखलावद्ध आक्रमण गराइएको अमेरिका र भारतले दाबी गर्दै आएका छन् ।
आक्रमणमा १ सय ६० जनाको ज्यान गएको थियो । अमेरिकाले उनको टाउकाको मोल १ करोड डलर तोकेको छ । सइदले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्र्दै आएका छन् ।
आक्रमणपछि भारत र अमेरिकाले सइदलाई आफुहरुसमक्ष बुझाउन पाकिस्तानलाई आग्रह गर्दै आएका छन् ।
पाकिस्तान सरकारले गत मार्चमा सइदको परोपकारी संस्था जमात–उद–जवा र अन्य संगठनमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धि संगठनहरुलाई आर्थिक सहयोग मागेको आरोपमा सइदमाथि गत डिसेम्बरमा मुद्दा लगाइएको थियो ।
पाकिस्तानी अदालतका अनुसार सइदलाई प्रतिआतंकबाद ऐनअनुसार प्रतिबन्धित संस्थाको सदस्यता लिइएको, समर्थन गरेको र बैठक गरेको ठहर गर्दै सजाए सुनाइएको हो ।
सइदले भारत प्रशासित कास्मीरको स्वतन्त्रताका लागि पाकिस्तानी नागरिकलाई आफुले सँधै साथ दिने बताउने गरेका छन् ।
सइदले सन् १९९० को दशकमा लस्कर–ए–तोएबा नामक उग्रबादी समूह गठन गरेका थिए ।
त्यसविरुद्ध प्रतिबन्ध लगाइपछि उनले सन् २००२ मा पूरानो संगठन जमात–उद–दाबाको पुर्नगठन गरे ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्