सुनचाँदीको मूल्यमा वृद्धि « Imagekhabar – Online News Portal of Nepal


सुनचाँदीको मूल्यमा वृद्धि


338
Shares

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।