Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्षमा ईमेजकर्मी दुर्गा आचार्य निर्वाचित


0
Shares

सिन्धुपाल्चोक । नेपाल प्रेस युनियन, सिन्धुपाल्चोकको अध्यक्षमा ईमेज ग्रुप अफ कम्पनीज अन्तर्गतको ‘इमेजखबर डटकम’मा कार्यरत दुर्गा आचार्य चयन भएकी छन् ।

बुधबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट आचार्यको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको खुला उपाध्यक्षमा किशोरकुमार बुढाथोकी, समावेशी उपाध्यक्षमा सुनिता भण्डारी र सचिवमा कमला पाख्रीन चयन भएकी छिन् । त्यस्तै महिला सह सचिव शान्ति श्रेष्ठ र कोषाध्यक्ष आदित्य दाहाल बनेका छन् ।

कार्यसमितिको खुला सदस्यहरुमा अनिश तिवारी, विजय नेपाल र निरोज चौलागाँइ निर्वाचित भएका छन् भने सरस्वती कार्की र सम्झना कार्की महिला सदस्य एवं प्रितम तामाङ र रजनी श्रेष्ठ (बेलीमाया) जनजाती सदस्यमा निर्वाचित भएका छन् ।

अल्पसंख्यक/आदिवासी सदस्यमा फुलमान तामाङ र थप खुला सदस्यमा किरण थापा र सन्तोष सिग्देल चयन भए ।

केन्द्रिय पार्षदमा सुदर्शन आचार्य, रामप्रसाद दाहाल, पवित्रकुमार खड्का, युवराज पुरी, ध्रुब दंगाल, विष्णु खड्का, रामचन्द्र दुलाल, सी.के चौलागाँई(चित्रकुमार), रुपक पुरी, भक्तध्वज बोहोरा, के.पी. ढुङ्गाना, नेत्र तामाङ, महेशकुमार श्रेष्ठ, सन्तोष सिग्देल बनेका छन् ।

बागमती प्रदेश पार्शदमा भने चित्र मिजार, टंक खड्का, ईमेजकर्मी विजय नेपाल, हरि न्यौपाने, पुर्ण मिश्र, पृध्वीजंग पाण्डे, राजेन्द्र आचार्य, रविन्द्र श्रेष्ठ, भरत चौलागाँई, किशोर बुढाथोकी, कमला पाख्रीन, सुनिता भण्डारी, सहदेव भण्डारी, आदित्य दाहाल, मानकाजी पाख्रीन (तामाङ), भवनाथ आचार्य, निरोज चौलागाँई र अनिश तिवारी छनौट भएका छन् ।

नेपाली काँग्रस, सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्द्रावती गाँउपालिका अध्यक्ष वंशलाल तामाङ, हेलम्बु गाँउपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा, सुनकोसी गाँउपालिका उपाध्यक्ष लक्ष्मी पौडेल लगायत सहभागी थिए ।

अधिवेशनमा केपी ढुङ्गाना, राम केसी चौतारे, ऋषीराम पौडेल, सुदर्शन आचार्यसहित सिन्धुपाल्चोककै पहिलो पत्रकार चन्द्रमान ताल्चाभडेंललाई सम्मान गरिएको थियो ।

Skip This