Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


एक करोड मूल्य बराबरको गहना चोरेर फरार चारजना समातिए


0
Shares

काठमाडौं, माघ २९ । ललितपुर प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको सुन–चाँदी चोरी गरी फरार रहेका एकजना महिलासहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारत, समस्तीपुरका सुजनकुमार पोदार, रबिनकुमार पोदार, चन्दनकुमार पोदार र कृष्णादेवी पोदार छन् ।

उनीहरुले गत माघ २१ गते बिहान ललितपुरको श्री बहालस्थित शाक्य ज्यास सुनचाँदी पसलबाट करिब एक करोड मूल्य बराबरको सुन–चाँदीको गहना चोरी गरेको प्रहरीले जनाएको छ ।

पसलमा रहेको सीसीटीभी फुटेजको आधारमा चोरहरुको पहिचान गरी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए ।

चोरहरुले पसल फोरेर सीसीटीभी क्यामराको तारसमेत चुँडालेका थिए ।

तर, तार चुडाल्नुअघि नै उनीहरु कैद भएको भिडियो फेला पारेको प्रहरीले जनाएको छ ।

यो समूहले सामान ओसार्न गाडीकोसमेत प्रयोग गरेको भेटिएको र अरु ठाउँमा पनि चोरी गरेको हुनसक्ने भन्दै थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।