
काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले नेपाल पुलिसलाई १ सय २ रनको विजयी लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको हो ।
प्रदेश १ का लागि ओपनर मिनास थापाले ५९ रनको योगदान गरे ।
श्रवण यादवले १० रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र मञ्जीत श्रेष्ठले समान २–२ विकेट हात पारे । करण केसी र सागर ढकालले १–१ विकेट लिए ।
नेपाल पुलिसले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्