अग्रपंतिमा खटिनेहरुलाई आजदेखि कोरोना विरुद्ध खोपको बुस्टर डोज दिइने « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


अग्रपंतिमा खटिनेहरुलाई आजदेखि कोरोना विरुद्ध खोपको बुस्टर डोज दिइने

ज्येष्ठ नागरिकको पालो १४ गतेदेखि

234
Shares

काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप दिने भएको छ । अग्रपंतिमा काम गर्ने व्यक्तिलाई आजदेखि र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि अतिरिक्त खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अतिरिक्त खोपका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।

अतिरिक्त खोप कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका सबैलाई पालैपालो लगाइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् । कोभिड–१९ खोप सल्लाहकार समितिले अतिरिक्त खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।