
काठमाडौं । नेपाली टेलिभिजनको इतिहासमा समाचार, सूचना र मनोरञ्जनको त्रिवेणी बन्दै आएको ईमेज च्यानल रजत जयन्ती मनाउँदैछ । नेपाल टेलिभिजनको पर्दाबाट सुरु भएको यसको यात्रा अहिले ३ सय ६५ दिन नै देश मात्र नभई विश्वका ७२ बढी राष्ट्रमा एचडीमार्फत प्रसारणको आयतन फैल्याएको छ ।
२०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट यात्रा शुरु गरेको यो च्यानल मानवीय रुचिका विविध उत्पादनमार्फत दर्शकमाझ निरन्तर हाजिर रहेको छ । लोकतन्त्रको विहानीसँगै २०६३ माघ ११ देखि इमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोड्यो । विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जन हाम्रो मूल नारा हो । त्यसैले त हामी यहाँहरुको चाहना अनुरुप नयाँ नयाँ कार्यक्रम लिएर फेरि दर्शकमाझ आउने प्रण गर्दैछौ ।
इमेज च्यानलले टेलिभिजनको दुनियामा सांगीतिक जगतकै महाउत्सवका रुपमा इमेज अवार्डको आयोजना गदैै आएको छ । संगीतको क्षेत्रमा लागेका श्रष्टा सम्मानले हामीले वाहावाही कमायौ । गीतसंगीतको क्षेत्रमा ईमेज अवार्ड सांगीतिक पर्व नै बन्न सफल भयो । नयाँ स्रष्टालाई हौसला र पुरानाको सम्मान यसले स्थापित गरेको दिशानिर्देश हो । त्यतिमात्र कहाँ हो र मेघा मोडलजस्ता रियालिटी शोहरुले नयाँ नयाँ श्रष्टा त जन्मिए नै, कार्यक्रममा सलादजस्तै विविधता पनि थपियो ।
त्यसो त २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना सँगै २०४७ सालमा बनेको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी ग¥यो । संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उपहार स्वरुप ईमेज जन्मियो । यसैको जमिनबाट शुरु यात्रा तपाई दर्शक र स्रोताहरुको सद्भावकै कारण इमेज च्यानलले २०५५ पुस २३ गतेदेखि केएटीएचको नामबाट एफएम प्रसारण सुरु ग¥यो । अहिले इमेज एफएम ९७.९ को रुपमा यो एफएम २४ सै घण्टा समाचार, विचार र मनोरञ्जन लिएर तपाईहरुबीच आइरहेको छ । साथै एफएम रेडियो र अनलाइन क्षेत्रमा पनि सेवा विस्तार गरी निरन्तरता दिइरहेको छ । हाम्रो यात्रा त्यतिमा मात्रै रोकिएन ।
इमेज परिवारको अर्को सदस्यको रुपमा २०६५ भदौ २९ गतेदेखि प्रसारणमा आएको इमेज न्युज एफएम १०३.६ ले सुचना मनोरञ्जन, र समाचार हरपल प्रसारण गरिरहेको छ ।
यसैगरी नयाँ मिडियाको रुपमा सुरु गरेको इमेज खवर डट कम प्रति पनि यहाँहरुले देखाउनुभएको सद्भावले इमेज ग्रुप अफ कम्पनीज् उत्साहित बनेको छ ।
प्रसारणको २५ वर्ष पुरा भएको यस सुखद् अवसरमा इमेज च्यानल पत्रकारिताको धर्म र आफ्नो विशिष्ट पहिचान अझ बलियो बनाउ प्रतिवद्ध छ । एचडी प्रसारणसंगै प्रसारण संरचना, प्रविधि र प्रस्तुतिमा पनि परिवर्तन हुँदैछ ।
हामी अब दृश्यमा अझ सफा र प्रष्ट हुनेछौं भने विषयवस्तुको उत्पादन र प्रसारणलाई थप विविधतायुक्त र गुणस्तरीय बनाउने छौं ।
हामीलाई विश्वास छ– ईमेज च्यानल एचडी प्रसारणसंगै अब दर्शकको पहिलो रोजाईमा पर्नेछ । यस सुखद् अवसरमा इमेज च्यानल सम्पूर्ण दर्शक, स्रोता, पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सवै महानुभाव र सहकर्मीहरुप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ । र, भावी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछ ।
प्रतिक्रिया दिनुहोस्