मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याउने वातावरण मिलाउन सरकारलाई निर्देशन « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याउने वातावरण मिलाउन सरकारलाई निर्देशन


429
Shares

काठमाडौं, पुस ३० । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठान्तरण गर्न बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।

विकास तथा प्रविधि समितिले आयोजनाले अस्थायीरुपमा खानेपानी पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान निर्देशन दिएको हो ।

बैठकले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पुर्‍याइएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको हो ।

यस्तो समस्या दोहोरिन नदिनका लागि विधेयक संसदमा पेश गर्न पनि समितिले निर्देशन दिएको छ । नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकोले मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले बाढीका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेकाले काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।