Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण


221
Shares

हेटौंडा । सामाजिक कार्य गर्दे आइरहेको परोपकारी युवा संजाल नेपाल र दाह्री ग्याङ्ग हेटौंडाले ३२ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।

दुबै संस्थाको सहकार्यमा नवज्योति प्राथमिक बिद्यालय हाडिखोला लामिटार– ६ मा ३२ जना बिधार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो । ३२ जना बिद्यार्थीलाई न्यानो लुगा तथा शैक्षिक सामाग्री अभावले पठनपाठनमा समस्या रहेको जानकारी विद्यालय स्रोतले गराए पछि विद्यार्थीलाई न्यायानो कपडा र शैक्षिक सामग्री उपलब्ध गराइएको हो । जाडोको समयमा समेत पातलो कपडामा बिद्यालय आउने गरेका बिधार्थीहरु बाक्लो न्यानो कपडा र शैक्षिक सामाग्री पाएसँगै खुशी भएका छन् ।

न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा परोपकारी युवा संजालका संयोजक रमेश सापकोटा, दारी ग्याङ्गका जगदिश भण्डारी, उमेश पराजुलि, अजित खड्का, अधिराज वाग्ले लगायत समाजसेवी सुरेन्द्र महर्जन लुनार ट्राभल्स एन्ड टुरका संचालक रामशरण धिताल संजय चौधरी युबराज भणडारी बाबू श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यस अघि पनि परोपकारी युवा संजाल र दाह्री ग्याङ्ग मकवानपुरले सामाजिक सेवामा हातेमालो गर्दै सहयोगको कार्यक्रम गर्दै आएका छन् ।