२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चिनियाँ सैनिकले साइबर हमला गरेर सूचना चोरी गरेको अमेरिकाको आरोप


0
Shares

काठमाडौं । अमेरिकाले चीनले आफ्नो देशमा साइबर आक्रमण गरेको आरोप लगाएको छ ।

चार जना चिनियाँ सैनिकले साइबर हमला गरेर संवेदनसिल डाटा चोरी गरेका आरोप लगाएको हो ।

साइबर हमलापछि सन् २०१७ मा १४ करोड अमेरिकी नागरिक प्रभावित भएका थिए ।

जसका कारण केही बेलायती र क्यानाडाका ग्राहकहरु पनि प्रभावित भएको अमेरिकाको दावी छ ।

अमेरिकी महान्यायाधीवक्ता विलियम बारले चीनले इतिहासकै सबैभन्दा ठूलो डाटा उल्लंघन गरेको आरोप लगाएका छन् ।

अदालतका अनुसार चार जना पीपुल्स लिबरेसन आर्मीको ५४ औं अनुसन्धान संस्थाका सदस्य हुन् ।

उनीहरुले बैंक तथा वित्तीय संस्थाका नेटवर्किङ प्रणालीबाट व्यक्तिगत डाटा चोरी गरेको अमेरिकाको आरोप छ ।

तर आलोचकहरुले भने कम्पनीले आफ्नो सूचना प्रणाली चुस्त राख्न नसकेको र ह्याकिङको बारेमा सर्वसाधारणलाई जानकारी दिन ढिलाइ गरेको आरोप लगाएका छन् । (एजेन्सी)