१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपालमा गैरकानुनी विदेशी लगानी ११ अर्ब, सुमार्गीको सबैभन्दा बढी रकम


13
Shares

काठमाडौं । गैरकानुनी रुपमा हालसम्म ११ अर्ब रुपैंयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानूनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी(एफडीआई) ल्याइएको भेट्टाएको हो ।

यो रकम हालको विनिमय दरअनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैंयाँ हुन आउँछ ।

स्रोत नखुलेको त्यस्तो रकम सबैभन्दा बढी नेपाल भित्र्याउने व्यवसायी अजेयराज सुमार्गी रहेको ती अधिकारीले बताए ।

सुमार्गीले कानुनी प्रक्रिया पूरा नगरी ट्याक्स हेवन(कर र स्रोत खोजी नहुने) मुलुकबाट नेपालस्थित सरकारी निकायसँग अनुमति नलिई लगानी भित्र्याएको भन्दै अध्ययन समितिमा प्रतिवेदन पेस गरेका छन् ।

‘करिब १० अर्ब रुपैंयाँ उनकै हो’, ती अधिकारीले भने,‘बाँकी करिब एक अर्ब रुपैंयाँ अन्य २६ कम्पनीको हो । उनीहरुले पनि कानूनी प्रक्रिया पूरा गरेको देखिदैन ।’ -कान्तिपुर दैनिकबाट