 
	    काठमाडौं, पुस २९ । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीको सरुवा सम्बन्धी निर्णय फिर्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरिय निर्णयबाट गरेको सरुवा प्रक्रिया रोकिएको हो ।
१२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरूले समेत देउवाको ध्यानाकर्षण गराएका थिए । दुई दिनअघि मात्रै स्वास्थ्यमन्त्री खतिवडाले डाक्टर लोहनीलाई वीर अस्पताल पठाउने मन्त्रीस्तरीय निर्णय गरेका गर्नुभएको थियो । न्याम्स ऐन विपरीत डा. लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जानकारी नदिई गरिएको र राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागेको बेलामा सरुवा रोक्नुपर्ने अवस्था आएको जनाइएको छ ।
प्रधानमन्त्री देउवाले हाल लोहनीको सरुवा नगर्न र वीरमा डा. भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिनुभएको छ । डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएपछि बुधबार केही कर्मचारीले विरोधसमेत गरेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्