
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १ सय ५४ रनको चुनौती दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो ।
सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान दिए । वसन्त कार्कीले २८ रन बनाउदा दिपक बोहराले २५ तथा खडक बोहराले २२ रन जोडे । कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । रविन्द्र शाही र दिवान पुनले २–२ विकेट लिए । दिनेश अधिकारीले १ विकेट हात पारे ।
यता, मुलपानीमा चिसो मैदानका कारण त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीचको खेल भने रद्द भएको छ ।
आजै टियु मैदानमा हुने दोस्रो खेलमा प्रदेश २ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै मुलपानीमा हुने दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्