Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोपमा पासवानविरुद्ध मुद्दा दायर


585
Shares

काठमाडौं, पुस २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजानिक खरिदमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मल बिक्री केन्द्र, सल्यानमा कार्यरत तत्कालीन विजय कुमार पासवानले मलको नियमानुसार हिसाब किताब नराखी सार्वजनिक सम्पत्तिको १८ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पासवानले आफ्नो जिम्मामा मौज्दात रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात मल डेलिभरी गर्नुपर्नेमा सो नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरी सार्वजनिक संस्थाको सम्पत्ति दुरुपयोग गरेको आरोप छ ।

अख्तियारले १८ लाख ७६ हजारको बिगो कायम गरी सजाय हुन तथा हिनामिना भएको सो रकम असुल गर्न विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Skip This