५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


शितकालिन न्यानो कपडा र खाद्यान्न पाएपछि मुसहर र दलितबस्तीमा छायो खुशीयाली


182
Shares

काठमाडौं । स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालले जाडो र शितलहरबाट पीडितहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

तराईमा बढ्दै गएको जाडो, शितलहरका कारण कतिपयको मृत्यु समेत हुन थालेपछि हेस्रा नेपालले घर–घरमा गएर शारिरीक रुपले अशक्त, हिडडुल गर्न नसक्ने, गर्भवती महिला र ज्येष्ठ नागरिकलाई शितकालिन न्यानो कपडा बितरण गरेको हो ।

हेस्रा नेपालका कार्यकारी प्रमुख जिया खानले शितलहरबाट बच्न र कसैले पनि चिसोको कारण ज्यान गुमाउनु नपरोस भन्ने उद्धेश्यले कम्मल, ब्लाङ्केट, स्वीटर, ज्याकेट, डसनासहित लत्ता कपडा र खाद्यान्न बितरण गरेको जानकारी दिनुभयो ।

सिरहामा चिसोबाट कठ्याङ्ग्रीएका पीडित मुसहर, दलित बस्ति र अति बिपन्न समूदायमा लत्ता कपडा र खाद्यान्न बितरण गरीएपछि मुसहहरु खुसी भएकाछन् ।

त्यस्तै, सप्तरी, झापा, सुनसरी, रौतहट, सर्लाही, बारालागयतका जिल्लामा पनि शितलहर र चिसोबाट प्रभावित बालबालिका, ज्येष्ठ नागरिकलाई घर – घर पुगेर राहत बितरण गरीएको छ । हेस्रा नेपालले चिसोको कारण बिचल्नीमा परेका तराईका अग्नीपिडतिहरुको घर घरमा पुगेर राहत सामाग्री बितरण गरेको छ ।