२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बेलायतमा आँधीका कारण हजारौं प्रभावित: सडक अवरुद्ध, विमानस्थल बन्द


0
Shares

एजेन्सी  । बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित भएका छन् । आँधीका कारण सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको छ ।

आँधीले विजुलीका पोल ढाल्नुका साथै रुख ढलेर सडक अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

आँधीका कारण सबैभन्दा बढी इङल्याण्ड र वेल्स राज्य प्रभावित भएको बीबीसीेल जनाएको छ ।

आँधीले रेलवे सेवाहरु पनि अवरुद्ध भएको छ भने विभिन्न खेलकुद प्रतियोगिताहरु पनि प्रभावित भएका छन् ।

आँधीको प्रभाव बढ्दै गएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

आँधीका कारण विभिन्न उर्जा कम्पनीमा पनि क्षति पुगेको बताइएको छ ।