२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अमेरिकामा घरमा आगलागी हुँदा एक महिला र उनका ६ छोरा–छोरीको मृत्यु


0
Shares

काठमाडौं, माघ २६ । अमेरिकाको मिसिसिपीमा रहेको एक घरमा आगलागी हुँदा सातजनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र उनका ६ जना छोरा–छोरी रहेका छन् ।

आगलागीको कारण भने थाहा हुन सकेको छैन । यद्यपि, विद्युत् सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ ।

सबै परिवार घरमै रहेको बेला भएको आगलागीबाट महिलाका श्रीमान् भने बाँच्न सफल भएका छन् । उनलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

आगलागीबाट घर पनि जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि वारुणयन्त्रलाई ४० मिनेटको समय लागेको थियो । (एजेन्सी)