
सिड्नी, माघ २६ । पपुआ न्यूगिनीमा आइतबार ६.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्प निकै शक्तिशाली भएपनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।
‘युएसजीएस’काअनुसार पपुआ न्यूगिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समयअनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।
अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराइ कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महसुस गरेको हुनसक्ने बताए ।
मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्पप्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे ।
पपुआ न्यूगिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्