
बारा । पथलैया–वीरगञ्ज सडक खण्डमा राखिएको ट्राफिक लाईट सञ्चालन नहुँदा यात्रुहरुलाई समस्या परेको छ । चार महिना अघि जडान गरिएको लाईटको विद्युत महसुल कसले तिर्ने भन्ने टुङ्गो नलाग्दा सडक बत्ती बाल्न नसकिएको हो ।
पथलैयादेखि सिमरासम्म १ सय ९० वटा बत्ती राखिएको छ । ६ लेनको सडक विस्तार भएसँगै सवारी दुर्घटना बढेपछि बत्ती जडान गरिएको थियो ।
पथलैया–बिरगंज औद्योगिक करिडोरको मुख्य चोक भएकोले सो स्थानमा अत्यधिक सवारी चाप हुने गर्दछ भने सडक बत्ती नहुदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।
प्रतिक्रिया दिनुहोस्