५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


यस्तो छ ११ वर्षीय निशान अपहरण र हत्याको घटना (भिडियो)


0
Shares

दीपक श्रेष्ठ/प्रतीक्षा तिमल्सिना/लक्ष्मण डंगोल (इमेज)

काठमाडौं, साउन २१ । काठमाडौंको काँडाघारीबाट आइतबार अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।

सिन्धुपाल्चोक स्थायी घर भइ आमासँग काँडाघारीमा बस्दै आएका निशानलाई अपहरणकारीले आइतबार राति नै हत्या गरेर निर्मामाणधीन घरको जगनजिकै पुरेका थिए ।

निशाान हरेक दिन स्कुलबाट आएपछि बाहिर खेल्न जान्थे र साँझ घर फर्कने गर्दथे ।

आइतबार भने राति ८ बजेसम्म नफर्केपछि घरपरिवारले खोजबिन गरिरहेकै बेला राति ९ बजे अपहरणकारीले ४० लाख रुपैयाँ फिरौती माग्दै फोन गरेका थिए ।

प्रहरीले आइतबार रातिदेखि नै खोजतलास सुरु गरेकामा सोमबार दिउँसो भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर–७, नगदेशमा बन्दै गरेको घरसँगै खाल्डोमा गाडेको अवस्थामा बालकको शव फेलापरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

सिन्धुपाल्चोक स्थायी घर भएका निशानकी आमा केही वर्षदेखि पेप्सिकोला क्षेत्रमा चियापसल गर्दै आएकी छन् ।

उनका बाबु वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका छन् ।

भिडियो हेर्नुहोस्