मान्छे मार्ने अनाैठाे माछा ‘पिरान्ह’ « Image Khabar


मान्छे मार्ने अनाैठाे माछा ‘पिरान्ह’


2.21k
Shares

एजेन्सी । दक्षिण अमेरिकाको पराग्वे नदिमा एउटा अनौठो घटना घटेको छ । पिरान्ह माछाले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ, भने २० जना घाइते भएका छन् । माछाको आक्रमणबाट वरिपरिका मान्छे त्रासित भएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यम डेली स्टार काअनुसार एक २२ बर्षीय युवक नदीमा हराएका थिए । उनको परिवारले उनलाई किनार खोजि गरे , छाेराे कतै नभेटिएपछि प्रहरीमा रिर्पोट लेखाएका थिए । केही समयपछि ती युवकको शव डरलाग्दो अवस्थामा नदी किनारमा फेला परेको थियो।

पराग्वे नदिमा नुहाउन गएको अवस्थामा ती युवकलाई माछाले आक्रमण गरेको बताइएको छ । फरेन्सिक रिपोर्टकाअनुसार उनलाई पिरान्ह माछाले आक्रमण गरेको पुष्टि गर्छ । माछा आक्रमक भएको र कति छ भन्ने यकिन भन्ने लगाउन मुश्किल छ ।

तर त्यस क्षेत्रमा यस्ता घटना भइरहेको हुन्छ । यसअघि पनि एक ४९ बर्षीय पुरुष यसरी नै मृतक अवस्थामा फेला परेका थिए । उनको शरीरमा टोकेको घाउ थियो । त्यस्तै अरु दुईजना टबिकुरी खोलाको छेउमा मृत फेला परेका थिए ।

यस घटनापछि इटापुवामा रहेको क्लबका व्यवस्थापक एड्रियन कार्डोजाले आफूले पानीमा केमिकल खन्याउन चाहेको बताए । उनी पिरान्ह माछा मान्छे देखि टाढा रहोस् चाहान्थे ।

बायोलोजिस्ट जुलियो जेवियर भन्छन् ‘यो माछा आक्रमणकारी हुन्छ । यसले आफ्नो प्रजनन समय चलिरहेको बेला आक्रमण गर्दछ । हमला गर्नु भन्दा अगाडी यो माछा लुक्ने गर्दछ ।’