
एजेन्सी । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा गोली हानेर २१ जनाको हत्या गर्ने सैनिकको मृत्यु भएको छ ।
शनिबार अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको हत्या गर्ने ती सैनिकलाई आइतबार सुरक्षाकर्मीले गोली हानेर हत्या गरेका हुन् ।
आक्रमणकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा घेरा हालेर गोली हानी हत्या गरिएको हो ।
सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई समेत गोली हानेको रक्षा मन्त्रालयले दावी गरेको छ ।
त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । प्रहरीले लामो प्रयासपछि आक्रमणकारीलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गर्दा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्