इलाम । हिउँदको ६ महिना मात्रै गाडि गुड्ने इलामको माङ्सेबुङ्ग गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ । गजुरमुखी धामदेखि चुतुरेसम्म कालोपत्रे गर्न थालिएपछि माङ्सेबुङ्ग गाउँपालिकाबासीमा खुशियाली छाएको छ ।
देउमाई खोलादेखि दमक रबी सडक खण्डको चतुरेसम्म जोड्ने १३ किलोमिटर सडक खण्ड ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत कालोपत्रे गर्न थालिएको हो ।
हिउँदमा मात्रै गाडि गुड्ने गरेको सडकमा कालोपत्रे हुने भएपछि जनतामा उत्साह छाएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । एशियाली विकास बैँकको ८० प्रतिशत ऋण र नेपाल सरकारको २० प्रतिशत गरि ५९ करोड ८२ लाखमा सडक कालोपत्रे भइरहेको हो ।
दुई वर्षमा सडक कालोपत्रे भइसक्ने बताइएको छ । सडक आयोजनाले इलामको मंगलबारे फाकफोकथुम र पाँचथरको रबी सडक खण्ड पनि कालोपत्रे गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्